• भदौ ११, २०७८
  • जुनकिरी खबर

सप्तकोशीमा पानीको वहाव उच्च : सर्तक रहन आग्रह

alt

पूर्वी पाहाडी जिल्लाहरुमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ। सप्तकोशीमा पानीको वहाव उच्च भएपछि कोशी आसपासका क्षेत्रका बासिन्दालाई सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। 

शुक्रबार दिउसो १:३० बजे सप्तकोशीमा पानीको वहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार सप्तकोशीमा पानीको वहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा मात्र ढोका खोलिएको छ।

सशस्त्र प्रहरी उपरीक्षक पौडेलले कोशी आसापासका क्षेत्रमा हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको टोली उद्धारका लागि सप्तकोशी आसपासका क्षेत्रमा  परिचालन गरिसकिएको जानकारी दिए।

सप्तकोशीमा पानीको वहाव उच्च भएपश्चात भारतले कोशी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालेको छ। सप्तकोशीमा पानीको वहाव उच्च भएकाले कोशी आसापासका बासिन्दालाई सर्तक र सुरक्षित रहन स्थानीय प्रशासनले निर्देशन गरिसकेकेो सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]