• भदौ १७, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ति बदर गर्न माग

alt

 प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग राखेका छन् ।

प्रदेशसभा सचिवालयमा बिहीबार बसेको चार दलको संयुक्त गठनबन्धनले मुख्यमन्त्री आचार्यको नियुक्ती बदर गर्न माग गरेका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पाटीको संयुक्त बैठकले नेकपा एमाले विभाजनपछि बहुमत गुमाएको अवस्थामा प्रदेश प्रमुखले हठात नयाँ मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ती बदर गर्न माग छन् ।

‘गठबन्धन दलहरुले प्रदेश १ मा सरकारको नेतृत्व गरीरहेको दल नेकपा एमाले औपचारिक रुपमा विभाजन भई प्रदेश सरकारले बहुमत गुमाएको अबस्थामा हठातमा प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका रुपमा आचार्यलाई नियुक्त गरि सपथग्रहण गराउने काम असंवैधानिक भएको ठहर छ,’ बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभामा बहुमत गुमाइ सकेर अल्पमतमा परेका र असंवैधानिक तबरले नियुक्ति भएको सरकारको कुनै पनि दुरगामी असर पर्ने निर्णाय नगर्न नगराउन पनि संयुक्त गठबन्धनले आग्रह गरेको छ ।

पार्टी विभाजन भएको अवस्थामा संविधानको धारा १६८ को उपधार १ बमोजिम सरकार गठन हुन नसक्ने भन्दै तत्काल नियुक्ति बदर गर्न गठबन्धनले माग छ । आचार्यले गत भदौ १० गते मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए । दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरित भएको गठबन्धनले जारी विज्ञाप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]