• भदौ २०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ३२७ जना कोरोना संक्रमित थपिए

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ जनामा संक्रमण पुष्टि भएको छ भने ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४–४, तेहृथुममा ३, उदयपुर र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २८, उर्लाबारी र बुढीगंगामा ७–७, पथरीशनिश्चरेमा ५, लेटाङमा २, रंगेली, बेलबारी, मिक्लाजुङ र ग्रामथानमा १–१ जना छन् । झापाको दमकमा १७, शिवसताक्षीमा १६, विर्तामोडमा १३, कनकाईमा ११, अर्जुनधारामा १०, मेचीनगरमा ९, बुद्धशान्तिमा ६, गौरादहमा ५, कमल गाउँपालिकामा ४ जना छन् ।

यता, सुनसरीको इटहरीमा २९, बराहक्षेत्रमा ५, दुहवीमा ३, रामधुनीमा २, हरिनगर र स्थानीय तह नखुलेका १–१, इलामको देउमाईमा २, रोङ र चुलाचुलीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा २, श्रीजंगा र मिक्वाखोलामा १–१ जना छन् भने तेहृथुमको म्याङलुङमा ३, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको चैनपुरमा २, पाँचथरको फिदिम, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]