• भदौ २०, २०७८
  • जुनकिरी खबर

सुनसरीमा खुकुलो गरेर असोज ४ गते सम्म १५ दिन निषेधाज्ञा थपियो

alt

कोरोना महामारी कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो गर्दै असोज ४ गते सम्म १५ दिन निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको डिसिसिएमसीको बैठकले कोरोना महामारी कायमै रहेको र संक्रमणदर पनि कायमै रहेको भन्दै यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए ।

विद्यालय सञ्चालन गर्नुपर्ने विषयमा निकै छलफल भएको भए पनि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने तर नगरी नहुने अवस्था भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय गराई सञ्चालन गर्न सक्ने निर्णय गरिएको छ ।

साप्ताहिक तथा अन्य हाटबजार सञ्चालन सम्बन्धमा स्थानीय तहहरूले आवश्यक निर्णय गरी कार्यान्वयन गर्ने । सो को लागि स्थानीय सुरक्षा युनिटहरूसँग आवश्यक समन्वय गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने, यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा मात्र मनाउन पाउने, सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुवाट आर्थिक तथा व्यावसायिक गतिविधिहरू सञ्चालन गर्न नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र गर्न पाउने भनिएको छ ।

यसै गरी सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्नेछ अनिवार्य रूपमा सवारी साधन निसंक्रमित गर्नु पर्नेछ र अन्य तोकिएको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने भनिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]