• भदौ २५, २०७८
  • जुनकिरी खबर

१४ जिल्लामा ५६ कार्यालय खोल्ने प्रदेश १ सरकारको निर्णय

alt

प्रदेश १ सरकारले प्रदेशका १४ जिल्लामा ५६ वटा कार्यालय खोल्ने निर्णय गरेको छ । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले तीन मन्त्रालय मातहत जिल्लामा ५६ वटा कार्यालय खोल्ने निर्णय गरेको हो ।

भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्य अल्पमतमा छन् । एमालेका ५१ सांसदमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि उनी अल्पमतमा परेका हुन् । विपक्षी गठबन्धनले आचार्य नेतृत्वको सरकार ढाल्ने प्रयास गरिरहेको अवस्थामा स्थानीय तहमा समायोजन भइसकेका कार्यालय पनि ब्युँताउने निर्णय सरकारले गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सेवा गुणस्तरीय र प्रभावकारी बनाउने भन्दै १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ  । यी संरचना स्थानीय तहमातहत छन् ।

यस्तै सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने निर्णय पनि बैठकले गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । खानेपानी, सिँचाइ, उर्जा, जलस्रोत लगायतका क्षेत्रमा काम गर्न १४ वटै जिल्लामा खानेपानी तथा जलस्रोत व्यवस्थापन कार्यालय पनि स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ ।

कार्यालय खोल्ने निर्णय गर्दा सम्बन्धित मन्त्रालयसँग परामर्श भने लिइएको छैन । कार्यालय स्थापनाका लागि अर्थ मन्त्रालयसँग पनि स्वीकृति नमागिएको मन्त्रालय स्रोतले बतायो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न कार्यालय स्थापना गर्ने निर्णय भएको बताए । सांगठनिक संरचनालगायतका विषयमा अध्ययन गर्न प्रमुख सचिवको नेतृत्वमा समिति बनाएको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]