• भदौ २५, २०७८
  • जुनकिरी खबर

काँग्रेस इटहरी नगर सभापतिमा विकास केसी उठ्ने

alt

सुनसरीमा नेपाली काँग्रेसको १४ औं अधिवेशन अन्तरगत वडा अधिबेशन सकिए सँगै नगर अधिबेशनको रौनक सुरु भएको छ । अगामी असोज ९ गते काँग्रेसले पालिका अधिबेशन गर्दै छ ।

नेतृत्वमा नेपालकै उर्बर र बलियो संगठन मानिएको सुनसरी काँग्रेसमा पनि नेतृृत्वको विषयलाई लिएर रस्साकस्सी शुरु भएको छ । यसै सन्दर्भमा सुनसरीको महत्वपुर्ण पालिकाको रुपमा रहेको इटहरी उपमहानगरपालिकाको भावी नेतृत्वका लागि समेत दौडधुप शुरु भएको छ ।

आसन्न महाधिवेशनमा नेपाली कांग्रेसको इटहरी नगर सभापतिमा युवा नेता विकास केसी उठ्ने भएका छन । नेपाली विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनितिमा प्रवेश गरेका विकास केसी इटहरीमा सभापति शेरबहादुर देउवाको समुहबाट नगर सभापतिको एकल उम्मेद्वार हुन ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा आफ्नो समुहबाट नगर सभापतिको उम्मेदवार बनी वर्तमान सभापति हेमकर्ण पौडेल सँग पराजित भएका केसीले त्यसपछि नेविसंघको केन्द्रीय अधिवेशनमा केन्द्रीय उपाध्यक्ष पदमा जित हाँसिल गर्दै प्रदेश नम्बर १ को संयोजकको समेत जिम्मेवारी सम्हालिसकेका छछन । नेपाली काँग्रेसका हरेक गतिविधिमा सहभागी केसी आफ्नो समुहका नेता तथा कार्यकर्ता व्यवस्थापनमा माहिर नेताको रुपमा परिचित छन ।

गत अधिवेशनमा समुहका लागि लडेका केसी यो अधिवेशनमा आफ्नो राजनितिक भविष्यलाई नयाँ उचाईमा पु¥याउन पनि सभापति निर्वाचित हुनै पर्ने दबाबमा छन । ।आसन्न अधिवेशनकै तयारीमा रहेका केसी इटहरीका प्राय सबै वडामा पुगी नेता तथा कार्यकर्ताहरु आफ्नो पक्षमा पार्ने प्रयासमा अहोरात्र लागिपरेका छन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]