• भदौ २९, २०७८
  • जुनकिरी खबर

विपक्षी गठबन्धनका नेताद्धारा १ नं. प्रदेशका मुख्यमन्त्री आचार्यलाई पद छाड्न आग्रह

alt

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठबन्धनका नेताले मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । गत भदौ १० गते मुख्यमन्त्री बनेका आचार्यलाई मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

अल्पमतमा परे पनि मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने प्रतिपक्षी दलहरूको तयारी छ । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो अल्पमतमा परेका मुख्यमन्त्रीले तत्काल मार्गप्रशस्त गर्नुपर्ने बताउँछन् ।

राजीनामाका लागि केही दिन पर्खने बताउँदै उनले अटेर गरे बहुमत प्रक्रिया अघि बढ्ने बताए । केही दिनभित्र संसद अधिवेशन आह्वान नगरे अविश्वासको प्रस्ताव दर्ता गर्ने उनले बताए । गत भदौ ९ गते नेकपा एमाले विभाजन भएको थियो ।

बहुमत प्राप्त दलको रूपमा मुख्यमन्त्री बनेका आचार्यले सोही (भदौ ९ गते) मितिले ३० दिनभित्र संसदको फेस गर्नुपर्ने उनले बताए ।  
‘संविधानको व्यवस्थाअनुसार भदौ ९ गतेको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ,’ उनले भने, ‘विश्वासको मत नलिए बहुमत प्रक्रिया अघि बढ्छ ।’

पार्टी ९ भदौमा विभाजन भए पनि प्रदेश संसदीय दल विभाजनले २५ भदौमा वैधानिकता पाएको थियो । नेकपा एमाले २५ भदौको मितिबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउँछ ।

पूर्वमन्त्री तथा प्रदेश सांसद हिक्मतकुमार कार्की  दसैँअघि मुख्यमन्त्रीले विश्वासको मत लिने बताउँछन् । प्रदेशमा संसदीय दल विभाजन भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउँदै उनले दसैँअघि नै विश्वासको मत लिने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]