• भदौ ३१, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

alt

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, धनकुटा र इलाममा ५–५, भोजपुर, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण भएको छ ।

झापाको विर्तामोडमा ४१, अर्जुनधारामा २७, कनकाईमा १८, दमकमा १५, शिवसताक्षी र मेचीनगरमा १०–१०, बुद्धशान्ति र भद्रपुरमा ६–६, बाहृदशी र हल्दिबारीमा ४–४, कमल गाउँपालिकामा ३, गौरादह र झापा गाउँपालिकामा २–२, मोरङको विराटनगरमा ७२, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १०, उर्लाबारीमा ७, केराबारीमा ५, रतुवामाईमा २, बेलबारी, लेटाङ, रंगेली, धनपालथान, बुढीगंगा र कटहरीमा १–१, सुनसरीको इटहरीमा ४२, धरानमा ११, रामधुनीमा ४, हरिनगरमा २, इनरुवा र देवानगञ्जमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र पाख्रिबासमा १–१,  इलामको इलाम नगरपालिकामा ३, सुर्योदय र चुलाचुलीमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको कटारी र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको   छ ।

प्रदेश १ मा आज २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३० महिला र १३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]