• असोज १, २०७८
  • जुनकिरी खबर

इटहरीका मेयर विरुद्ध महिलामाथि अभद्र व्यवहार गरेको भन्दै चौतर्फी विरोध

alt

सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले महिलालाई होप्ने गरी र दुव्र्यवहार गर्ने गरी कार्य गरेको भन्दै महिला अधिकारकर्मीहरुले विरोध जनाएका छन् । भदौ ३० गते भएको सिफारिसको विषयमा बादबिवादमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले महिला सहयोगी समूहकी सचिव सिता शेर्पा राई र सदस्य सर्मिला भट्टराईलाई पािलकाको सेवा सिफारिस लिन गएको समयमा महिला समुदायलाई तथानाम गाली र अपश्वदहरु बेलेर नगर प्रहरी बोलाई होप्ने गरी व्यवस्थार र दुव्र्यवहार सहित धम्कयाउने गर्ने गरी कार्य गरेको भन्दै दर्जन बढी संघसंस्थाहरुले विरोध जनाएका छन् ।

विराध जनाएका महिलाहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत पठाएको छ । नगर प्रमुख चौधरीलाई माफी माग्न लगाउनुपर्ने होईन भने कडा अन्दोलन गर्ने चेतावनी सहितको ध्यानाकर्षण पत्र सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेललाई बुझाएकोमा माथि पठाईदिने प्रशासनले प्रतिकृया दिएको अधिकारकर्मी विमला घिमिरेले जानकारी दिनुभयो ।

प्रदेश १ को दुई मध्ये एक बहुचर्चित उपमहानगरपालिका इटहरीका प्रमुख द्धारिकलाल चौधरीको व्यवहार महिलाको अधकिार र महिला माथिको हस्तक्षेप समेत भएकाले कार्वाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले ध्यानाक्रर्षण पत्र बुझाएका छन् ।

महिला अधिकारकर्मीहरुले बुझाएको ध्यानाक्रर्षण पत्रमा नगर प्रमुख चौधरीको व्यवहार र बोलीले देवानी फैजदारी सहिंताको विपरित संकेत गरेकाले यस्तो अपशव्द प्रयोग गर्ने व्यक्तिलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने, अगामी दिनमा यस्तो शव्द र व्यवहार नगर्ने कोही कसैको आत्मसम्मानमा चोट पुग्ने कार्य नगर्ने प्रतिवद्धताका साथ नेपाली महिलाहरु समक्ष माफि माग्नुपर्ने माग गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]