• असोज ५, २०७८
  • जुनकिरी खबर

रामधुनी नगर सभापतीमा सुदीप अधिकारीको उम्मेदवारी घोषणा

alt

नेपाली काँग्रेस रामधुनीका युवा नेता सुदीप अधिकारीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गर्नुभएको छ ।
रामधुनी ५ स्थित कल्प बृक्ष प्याटी प्यालेसमा आयोजित उम्मेदवारी घोषणा सभामा काँग्रेस नगर सभापतिमा सुदिप अधिकारी सहितको प्यानलले उम्मेदवारी घोषणा गरिएको हो ।

सभापतिका आधिकारिक उम्मेदवार घोषित सुदिप अधिकारीले भुगोल समाबेश जात जाती समावेशी, जुझारु, र ऊर्जावान् सबै समुहको व्याती आफ्नो टिममा भएकाले जित सुनिश्चित रहेका बताउनुभयो । कम्युनिस्टको कब्जामा रहेको रामधुनीका धेरै बडामा काँग्रेसमय बनाइ स्थानीय तहको निर्बाचनमा सबै बडामा जित सुनिश्चित हुने गरी सबैलाई समेटेर काम गर्न आफ्नो पुन उम्मेदवारी घोषणा गरेको उहाले बताउनुभयो ।

नेपाली काँग्रेस रामधुनी नगर सभापतीमा सुदिप अधिकारी उपसभापति आशा चौधरी र बल बाहादुर ख्डाका सचिवमा महेश चौधरी र देस्तीराम चौधरी सह–सचिव सरल कटुबाल माझी लगायतले उम्मेदवार घोषणा गर्नुभएको छ । कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने छ ।

कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने नेपाली काँग्रेसको विधान रहेको छ । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव असोज ९ गते हुँदैछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]