• असोज ६, २०७८
  • जुनकिरी खबर

इटहरीका मेयर बिरुद्ध महिलाहरु संगठित हुदै बिरोध प्रदर्शन

alt

भदौ ३० गते स्वरोजगार फर्ममा तोक लगाउन कार्यकक्षमा पुगेकी एक महिला सेवाग्राहीलाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले अपमान गरेको भन्दै महिलाहरु केही दिन देखी निरन्तर आन्दोलनमा उत्रिएका छन् ।

इटहरी–४ का सिता शेर्पा राई र शर्मिला भट्टराई अनुदानको रकमको लागी हस्ताक्षर गर्न मेयर चौधरी समक्ष पुगेका बेला आफुहरुलाइ मेयर चौधरीले अपमान गदै अपशब्द बोलेको बताएका छन् ।

बैठक चलिरहेको बेला अनुमति सहित मेयर कक्षमा निवेदन बोकेर पुगेका उनिहरुलाइ मेयर चौधरीले यो आइमाईलाई कसले भित्र छिर्न दियो निकालिहाल भन्दै अपशब्द बेलोपछि सेवाग्राही राई र भट्टराईलाई बाहिर निकालिएको थियो ।

आफुहरुलाइ सुन्दै नसक्ने शब्दले अपमान गरी गालि गलौज गरेको पिडित महिलाहरुले बताएका छन् । आफुहरु हिंसा पीडित महिलालाई स्वरोजगारको लागी आएको १० हजार रुपैया लिन जादा मेयर चौधरीले अपमान गरेको पिडित महिलाहरुको गुनासो छ ।

चटपटे, पानी पुरी व्यवसाय गर्नको लागि अनुदानको फर्म लिएर जादा मेयरको बोलीले गर्दा समग्र महिलालाइ नै चोट पुग्ने काम भएको उनिहरु बताउछन् ।

पिडित महिलाहरुले मेयर सार्वजनिक रुपमा अब माफी माग्नु पर्ने माग राखेका छन् । साथै मेयर चौधरीका स्वकीय सचिव सूर्य चौधरीले पनि आफुहरुलाई अपमान गरेको उनिहरुको दाबी छ ।

‘हातमा सुनको बाला, घाँटीमा सुनको सिक्री लाउने मान्छे सहयोग माग्दै हिँड्न लाज लाग्दैन ? भन्दै झपारेको शेर्पाले बताइन् । आफू भट्टराईको साथी मात्र गएको बताउँदै उनले ग्यारेन्टीवाला सुन लगाएकोमा मेयरका पिएले आपत्ति जनाएको बताइन् ।

पीडित महिलाको समर्थनमा विभिन्न १५ सङ्गठन र महिला अधिकारकर्मीहरूले अराजक मेयर चाइदैन, जथाभाबी बोल्न पाइदैन, महिलालाइ न्याए दे जस्ता नारा लगाइ नगरपालिकाको अगाडि विरोध जनाएका छन् । नेपालको संविधानले सुनिश्चित गरेको संवैधानिक हक र अधिकार कार्यान्वयन गर्नु राज्यको दायित्व रहेको उनीहरूको बुझाई छ ।

बिरोध कार्यक्रममा महिला सञ्जाल इटहरी ,प्रोत्साहन नेपाल , महिला सहयोगी समुह , साथी फाउण्डेशन , मानव अधिकार रक्षक सञ्जाल, नारी चेतना समाज , जागृति महिला महासंघ लगायतका संघसंस्थाले केही समयमा नगरपालिका अगाडि प्रदर्शन गरेका थिए ।

यता मेयरले महिलाहरुमाथि गरेको अभद्र व्यवहार बिरुद्ध यतिबेला सामाजिक सञ्जालमा समेत चर्काे बिरोध भइरहेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]