• असोज ६, २०७८
  • जुनकिरी खबर

नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने

alt

आइसिसी महिला ट्वान्टी-ट्वान्टी विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ। इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले भोलि बिहीबार देखी एक सातासम्म इटहरी स्थित क्षेत्रीय रङ्गशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए।

छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो। पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखी असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो।

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाण्डौमा राखिने प्रशिक्षक टमटाले जानकारी दिए। क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयरकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो।

देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई व्यक्तिगत र सानो सानो समूहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान यसको तयारीमा जुटेको प्रशिक्षक टमटाको भनाइ छ। प्रशिक्षणमा प्रदेश दुई का ३ जना सहित झापा, मोरङ, र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक विप्लव घोषले जानकारी दिए। मलेसियामा हुने भनिएको महिला टी-२० विश्वकपको एसिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]