• असोज १०, २०७८
  • जुनकिरी खबर

इटहरी काँग्रेसमा हेमकर्ण पौडेल विजयी

alt

नेपाली काँग्रेसको औँ महाधिवेशन अन्तरगत इटहरी उपमहानगर समितिको सभापतिमा हेम कर्ण पौडेल निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना अनुसार पौडेल पुनः सभापतिमा निर्वाचित भएका हुन् । पौडेल यससँगै तेस्रो कार्यकालको लागी इटहरी सभापति निर्वाचित भएका छन् ।

इटहरी नगरपालिका हुँदा १२ औँ अधिवेशनमा सर्वसम्मत सभापति भएका उनी उपमहानगरपालिका भएपछि १३ औँ र १४ औँ महाधिवेशनमा विकास केसीलाई पराजित गर्दै सभापति भएका हुन् ।

कुल ४८३ मतदातामा ४८२ मत खसेको मध्ये पौडेलले २५३ र उनका प्रतिस्पर्धी विकाश केसीले २११ मत पाएका छन् । बाकी १९ मत बदर भएको छ ।

पौडेल सहित उपसभापतिमा उनकै पक्षका कोविदजंग कार्की र इतर पक्षका बालकृष्ण विष्ट निर्वाचित भएका छन् । त्यस्तै सचिवमा उनकै प्यानलका विक्रम घिमिरे र इतर प्यानलका मन्दीप भट्टराईले विजयी हासिल गरेका छन् ।

सहसचिवमा भएको निर्वाचनमा पौडेल पक्षबाट उम्मेदवार भएका इश्वर तामाङ र केसी प्यानलकी उम्मेदवार मेनुका गिरी निर्वाचित भएका हुन् । शनिवार सम्पन्न निर्वाचनमा ३१ पदका लागी ६७ जना उमेद्धवारले प्रतिस्पर्धा गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]