• असोज १५, २०७८
  • जुनकिरी खबर

इटहरीमा बजार अनुगमन, पसलनै नविकरण नभएको भेटियो

alt

इटहरी उपमहानगरपालिकाले वजार अनुगमन गरेको छ ।

विहान इटहरी वजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरिएको हो । उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, खादय प्रविधि तथा गुण नियन्यण कार्यालयका प्रतिनिधि,उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र प्रहरी सहित अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा पाँच वटा पसलमा लेवलिङ्ग नगरी समान विक्री गरेको पाइएको छ । तीन वटा पसलको नविकरण नभएको पाइएको छ ।

अनुगमनका क्रममा पसल नविकरण गर्न र लेवल गरेर मात्र समान वेच्न निर्देशन दिइएको छ ।इटहरीमा अव नियमित रुपमा वजार अनुगमन गरिने उपमहानगरको उपभोक्ता हीत संरक्षण शाखा प्रमुख नोवल किशोर भटटराईले जानकारी दिए ।

इटहरीमा समय समयमा भएका वजार अनुगमनका कारण डेट एक्पाएर भएका सामान थन्क्याउने छुटटै ठाँउको ब्यवस्था गर्न थालिएको,लेवल लगाएर मात्र समान वेच्न थालिएको,डेट भएका मात्र समान वेच्ने क्रममा उल्लेख्य सुधार आएको शाखा प्रमुख भटटराईले वताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]