• असोज १७, २०७८
  • जुनकिरी खबर

तेह्रथुम र सुनसरीमा भएको दुर्घटनामा ४ जनाको मृत्यु

alt

प्रदेश नं १ को दुई जिल्ला तेह्रथुम र सुनसरीमा हिजो शनिबार भएको सवारी दुर्घटनामा ४ जनाको ज्यान गएको छ । 

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार तेह्रथुमको लालीगुराँस नगरपालिका ४ को ग्रामिण सडक खण्डमा ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको र उक्त दुर्घटनामा लालिगुराँस ५ का २२ बर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस ५ का १६ बर्षीय हिम बहादुर सार्की गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

यसैगरी, सुनसरीको दुहवी नगरपालिका १० मा शनिवार साँढे ५ बजे दक्षिणतर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाईकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा चालकको मत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका मोटरसाईकल चालक दुहबी ११ का ४५ बर्षीय ईश्वरचन माझी (चौधरी)लाई उपचारको लागी टिचिङ अस्पताल बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । 

 दुहवीमै भएको अर्को दुर्घटनामा थप एक जनाको ज्यान गुमेको छ । दुहबी ८ मा शनिवार साँझ साढे ६ बजे ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री बेलवारी नगरपालिका ५ का ७२ बर्षीय पवनलाल चौधरीलाई ठक्कर दिएको थियो । गम्भीर घाईते भएका चौधरीलाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएको थियो । उनको उपचारको क्रममा राती ७ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]