• असोज १९, २०७८
  • जुनकिरी खबर

विराट टेलिभिजनद्धारा प्रथम मिडिया कप फुटबल आयोजना

alt

इटहरीबाट सञ्चालित विराट टेलिभिजनले प्रथम विराट मिडिया कप फुटबल आयोजना गरेको छ । 
आगामी असोज २२ गतेदेखि २६ गतेसम्म इटहरीस्थित इटहरी रङ्गशालामा मिडिया कप आयोजना गरेको टेलिभिजनले मंगलबार पत्रकार सम्मेलन गदै जानकारी दिइएको हो ।

प्रदेश १ को सुनसरी, मोरङ र झापाबाट सञ्चालनमा रहेका विभिन्न सञ्चार ग्रहहरूले खेलमा सहभागिता जनाएको आयोजक कमिटीका अध्यक्ष बिकल पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक विराट टेलिभिजनसहित ९ टिमको सहभागिता रहने छ ।

पहिलो खेलमा उद्घोष दैनिक विराटनगर र ग्रामीण पत्रकार समुह बराहक्षेत्रबिच हुने छ । यस्तै २३ गते दिउँसो ४ बजे हिमशिखर टेलिभिजन दमक र सूर्योदय टेलिभिजन बिर्तामोड, २४ गते बिहान ७ बजे नेपाल टेलिभिजन इटहरी र मकालु टेलिभिजन विराटनगर सोही दिन दिउँसो ४ बजे सप्तकोसी एफएम इटहरी र दीप खबर इटहरीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । २५ गते सेमिफाइनल र २६ गते फाइनल खेल हुने आयोजक कमिटीका अध्यक्ष पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

खेलमा प्रथम र द्वितीय हुनेलाई क्रमश. ३० हजार र १५ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने कार्यक्रम संयोजक मनोज भुजेलले जानकारी दिनुभयो । यसका साथै प्रत्येक खेलको म्याद अफ दी म्याचलाई नगद १ हजारले पुरस्कृत गरिने छ । यस्तै उत्कृष्ट गोल रक्षकलाई ३ हजार प्रदान गरिने भुजेलले जानकारी दिनुभयो । जिल्ला फुटबल संघ एन्फा सुनसरीको सहकार्यमा हुने खेल असोज २६ गते सम्पन्न हुने छ ।

२२ गते समुद्घाटन समारोहमा १ नम्बर प्रदेश प्रहरी कार्यालय प्रहरी प्रमुख डीआइजी अरुण कुमार विसीबाट हुने जनाइएको छ ।

मिडिया हाउस बिचको सम्बन्ध थप प्रगाढ बनाउनुको साथै दशैँ तिहारको शुभकामना आदान प्रदान गर्न फुटबल प्रतियोगिता आयोजना गरेको आयोजक टेलिभिजनले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]