• असोज २०, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का मुख्यमन्त्रीको प्रस्ताव : दशैंपछि संयुक्त सरकार बनाऔं

alt

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न आग्रह गरेका छन् । बुधबार प्रदेश १ को प्रदेशसभा भवन उद्घाटन गर्दै उनले संयुक्त सरकार बनाउन आग्रह गरेका हुन् ।

‘आउनुहोस्, सबैको सहमतिको सरकार बनाएर जाउँ, लडाइँ झगडा तछाडमछाड शब्दका वाण यी सबैको के जरुरी पर्‍यो,’ उनले भने, ‘दशैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस्, दशैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौं ।’

उनले सरकारले संविधान नमिच्ने बताए । ‘संविधान अनुसार यो सरकारले विश्वासको मत लिन्छ,’ उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, कुनै लडाइँ झगडा, शब्दका तुच्छ वाण जरुरी छैन, २–४ दिन तलमाथि हुन सक्छ तर संविधान मिचिँदैन ।’

२०७४ सालको निर्वाचनको परिणाम मंसिरमा आएपनि सरकार परिवर्तन गर्न फागुनसम्म कुर्नु परेको उल्लेख गर्दै प्रदेश सरकारले विश्वासको मत लिने बताए । लडाइँ झगडा भन्दा बाहिर धेरै काम गर्नुपर्ने बताउँदै उनले राष्ट्र निर्माण गर्ने सबैको साझा लक्ष्य भएकाले सरकार बनाउन आग्रह गरे । ‘तपाईंहरु सबै आउनुहोस्, सरकार बनाएर चुनावसम्म चलाऔं,’ उनले अगाडि भने, ‘त्यसपछि जनताले जे म्याण्डेड दिन्छन् आफ्नो बाटो लागौंला ।’

पार्टी केन्द्रमा विभाजन हुँदा सबै क्षेत्रमा विभाजन नहुने भन्दै उनले विभाजनको पत्र आएपछि संसदले प्रक्रिया शुरु गरेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]