• साउन १७, २०७६
  • जुनकिरी खबर

कमजोर बन्दै विप्लव समूह

alt

सरकारले राजनीतिक रूपमा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सुरक्षा संयन्त्रले कमजोर बन्दै गरेको विश्लेषण गरेको छ । नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ । प्रहरीले पछिल्लो समय सो समूहका नेता कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेको, पक्राउ परेकाहरू समेत पार्टी परित्याग गर्न उद्यत रहेको र सो समूहमा आबद्ध भएकाहरू समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको भन्दै सो समूह कमजोर हुँदै गएको विश्लेषण गरेको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले प्रहरीको उच्च निगरानी र सुरक्षा संयन्त्रको सक्रियता पछि पछिल्ला दिनमा सो समूहका गतिविधि र पार्टीका सांगठनिक गतिविधि कमजोर बन्दै गएको बताए ।

उनले विप्लव समूहका सबै क्रियाकलापमा देशैभर प्रहरीले उच्च निगरानी राख्दै आएको र पार्टीका संरचनामा पनि अब सो समूह कमजोर बन्दै गएको जनाए । सरकारले गत २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रहरी प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले प्रतिबन्धयता सो समूहका ४३ जना जिल्ला इन्चार्जसमेत गरी बिहीबारसम्म ६ सय ३४ जना नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको विवरणअनुसार हालसम्म विप्लव समूहका ४३ जिल्ला इन्चार्जसहित स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र विभिन्न भ्रातृ संगठनका गरी १ सय ३६ जना नेतृत्व तहका नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा स्थायी समिति सदस्य १, पोलिटब्युरो सदस्य २, केन्द्रीय सदस्य ८, जिल्ला इन्चार्ज ४३ जनासहित १ सय ३६ जना छन् ।
यस्तै, सो समूहका नेता कार्यकर्तामाथि प्रतिबन्ध लगाएयता हालसम्म ६ सय ४८ वटा मुद्दा दर्ता भएको छ । संगठित अपराध, बम विस्फोट, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग, हत्या, अभद्र व्यवहार र आगजनीअन्तर्गत मुद्दा दर्ता भएको प्रहरीले जनाएको हो ।

२५ स्थानमा विस्फोट, १ सय २४ बम निष्क्रिय

प्रहरीले विप्लव समूहबाट हालसम्म २५ स्थानमा रखिएका बम विस्फोट भएको जनाएको छ । यसैगरी, १ सय २४ स्थानमा राखिएका बम भने नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले निष्क्रिय पारेको छ ।
यसबीचमा आफैंले बोकेको बम पड्केर विप्लव नेकपाका ६ जना कार्यकर्ताले ज्यान गुमाइसकेका छन् । यस्तै, प्रहरीको गोलीबाट ३ जनाको मृत्यु भएको छ भने १ प्रहरी र १ सर्वसाधारणले पनि यसबीचमा ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]