• कार्तिक १, २०७८
  • जुनकिरी खबर

५ सय ९१ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

alt

९ हजार ६९७ नमूना परीक्षणमा ५ सय ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ६ सय ५४ नमूनाको पीसीआर र २०४६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५२३ र एन्टिजेन विधिबाट ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। आइतबार कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको हो। मन्त्रालयका अनुसार सोमबार थप ९ सय ३७ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित २८० जनाको भेन्टिलेटरमा र ९९ जनाको आइसीयूमा उपचार भइरहेको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]