• कार्तिक ७, २०७८
  • जुनकिरी खबर

सुनसरीका बाढी पिडितले राउत पाउछन् : प्रधानमन्त्री देउवा

alt

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितको लागी राहको व्यवस्था मिलाउने बताएका छन् । मंगलबार आएको बाढीका कारण समस्यामा परेका पीडितको लागी सरकारले उचित राहतको व्यवस्था मिलाउने बताएका हुन् ।

आइतबार बिहान सशस्त्र प्रहरी बलको कार्यालय पकलीमा स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला सँगको भेटघाटमा उनले बाढी पीडितको पक्षमा सरकार रहेको बताए । भेटघाटका क्रममा कोसी गाउँपालिकाका अध्यक्ष एयुब अन्सारी, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, दुहबी नगरपालिकाका मेयर वेद नारायण गच्छदारले ज्ञापन पत्र बुझाएका छन्।

बाढी डुबानको कारण ठुलो मात्रामा धनजनको क्षति भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवा सरकारको ढुकुटीमा बजेट नभए पनि विदेशी दातृसंस्थाको सहयोगमा राहत उपलब्ध गराउने बाचा गरे। प्रधानमन्त्री देउवाको आजै पाँचथरका बाढी पहिरो पीडितसँग भेटघाट गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]