• साउन १७, २०७६
  • जुनकिरी खबर

मेचीनगरमा बढ्यो अनियमितता

alt

मेचीनगर नगरपालिकाबाट आर्थिक वर्ष ०७५/७६ मा कार्य सम्पन्न भएका योजना र बजेटका विषयमा नगरवासीले अनियमितता भएको आरोप लगाएका छन् । नगरले अहिले आधा दर्जनभन्दा बढी भ्रष्टाचारका आरोपको सामना गरिरहेको छ । 

मकै खेतीको अनुदान दुरुपयोग, २५ सय ट्र्याक्टर ढुंगा गायब, बिरुवा वितरणमा अनियमितता, नदी उकास क्षेत्रमा वृक्षरोपण, सडक कालोपत्रेमा लापरबाही जस्ता योजनामा मेचीनगरबाट भ्रष्टाचार र अनियमितता भएको स्थानीयको आरोप छ ।

नगरवासीको आरोपलाई लिएर नगरका मेयर विमल आचार्यले भने सामाजिक सञ्जालमा आम नगरवासीलाई भ्रमित बनाउने काम मात्र गरिएको टिप्पणी गरेका छन् । उनले भ्रष्टाचारको आरोपको खण्डन गर्नर् सोमबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरे । र, सबै आरोपको खण्डन मात्र गरेनन्, कर्मचारी र जनप्रतिनिधिको खुलेर बचाउ पनि गरे ।
 
चाक्लाबन्दी खेती प्रोत्साहन कार्यक्रमअन्तर्गत मकै खेती गरी पशुपालनका लागि पशु आहार दाना बनाएको र मकैसमेत उत्पादन गरिएको मेयर आचार्यको दाबी छ । करिब दुई बिघाभन्दा बढी जग्गामा उक्त खेती भइरहेको उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]