• कार्तिक ९, २०७८
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानका पदाधिकारी हटाउने तयारी

alt

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हटाउन सरकारले तयारी थालेको छ। आर्थिक अनियमितामा मुछिएका प्रतिष्ठानका तीन पदाधिकारी हटाउन र प्रतिष्ठान सुधार गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले मंगलबादेखि छानबिन सुरु गरेको हो।

बीपी प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल र निर्देशक डाक्टर गौरीशंकर साहले प्रतिष्ठान सञ्चालन गर्न नसकेको र करोडौं भ्रष्टाचार गरि प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै यहाँका चिकित्सक र कर्मचारीले पाँच महिनादेखी आन्दोलन गरिरहेका छन्। धरानवासिले समेत प्रतिष्ठान सुधार र भ्रष्टाचारी पदाधिकारी हटाउन माग गरेपछी प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यमन्त्री खतिवडाको नेतृत्वमा स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र धरानका मेयर तिलक राई सदस्य रहेको छानबिन टोली गठन गरेका थिए। 

प्रतिष्ठानका पदाधिकारी हटाउनका लागि टोलीले आन्दोलनरत चिकित्सक, कर्मचारीको राय समेत लिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]