• कार्तिक १०, २०७८
  • जुनकिरी खबर

सुनसरीको चक्रघट्टीमा एग्रीकल्चर प्रालि खोलेर ठगी

alt

सुनसरीको बराहक्षेत्र नगरपालिका ६ चक्रघट्टी बजारमा बगैचा नेपाल एग्रीकल्चर प्रालि सञ्चालन गरेर किसान तथा व्यापारीहरुको लाखौं ठगी गरेर फरार एक व्यक्ति पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार काठमाण्डौं बुढानिलकण्ठ २ बस्ने ४३ बर्षीय दिपककुमार खड्का ठगी गरेको आरोपमा पक्राउ गरेका हुन् । उनले चक्रघट्टी क्षत्रका कृषकहरु, व्यापारीहरुलाई ठगी गरेका थिए । यस्तै, भोजपुर जिल्लाबाट दशैंका लागि बिक्री गर्न ल्याएको २८ वटा खसी बोकासमेत गरि १० लाख ९८ हजार ९ सय ९७ रुपैया बठी गरेको खुलेको प्रहरीले जनाएको छ । 

उनको ठगीबारे पीडितहरुले निवेदन दिएपछि प्रहरीले सोमबार बराहक्षेत्र एरियाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै, ठगी सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको पनि सुनसरी प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]