• कार्तिक १२, २०७८
  • जुनकिरी खबर

निर्माण सामग्रीको मूल्य बढ्यो

alt

विश्वमा निम्तिएको कोइला संकटबाट नेपाल पनि प्रभावित भएको छ । कोइला खरिद लागत बढ्दा उत्पादन लागत पनि बढेर निर्माण सामग्रीहरूको मूल्य बढेको छ । यसो हुँदा सार्वजनिक र निजी पूर्वाधार संरचना निर्माण लागत पनि स्वतः बढ्नेछ । अहिले विश्वभर नै कोइला संकट चुलिएको छ । जारी संकटको चपेटा सबैभन्दा बढी चीन र भारतले खेपिरहेका छन् । ती देशमा ऊर्जा संकट पनि चुलिँदैछ । कोरोना महामारीका कारण खासगरी उत्पादक मुलुक अष्ट्रेलिया र दक्षिण अफ्रिकामा कोइला उत्खनन् नहुँदा यो समस्या आइपरेको हो ।

उत्पादक राष्ट्रले नै महामारीमा गरिएको लकडाउनका कारण कोइला उत्खनन् नगरेपछि विश्वभर परेको प्रभाव छिमेकी मुलुक हुँदै नेपालसम्म फैलिएको हो । अन्तर्राष्ट्रिय बजारमा कोइलाको चरम अभावसँगै मूल्य दोब्बरभन्दा बढीले बढेको छ । गत वर्षसम्म प्रतिकिलो १४ रुपैयाँमा पाइने कोइला अहिले ३४ रुपैयाँ पुगेको छ । 

बढीले मूल्यवृद्धि हुँदा त्यसको प्रत्यक्ष असर नेपालका निर्माण उद्योगमा परेको छ । सिमेन्ट, डण्डी र इँटा उद्योगले कोइलालाई मुख्य ऊर्जाको रूपमा प्रयोग गर्छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]