इटहरीमा सामाजिक क्षेत्रमा सक्रिय एकिकृत कल्याण फाउन्डेसन नेपालले बिपन्न बर्गका महिलाहरुलाई निशुल्क सेनेटरी प्याड बितरण गरेको छ । इटहरी ९ स्थित मरिक टोलमा शनिबार एक कार्यक्रमको आयोजनागरि फाउन्डेशनले १० हजार मुल्य बराबरको प्याड बितरण गरिएको संस्थाका अध्यक्ष श्याम घिमिरेले जानकारी दिनुभयो ।
फाउन्डेशनले गत अशोज १६ गते सेनेटरी प्याडमा लगाइको करको बिरोध तथा एक दिने चिया च्यारिटी कार्यक्रमको आयोजना गरी संकलन गरेको रकम र इटहरीका युवा ब्यवशायी अनुरोध थापाको आर्थिक सहयोगमा प्याड बितरण गरिएको हो ।
बिपन्न बर्गका महिला तथा किशोरीहरुले सहज रुपमा सेनेटरी प्याड किन्न नपाएको अवस्थामा यस प्रकारको कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाका १५ जना कार्य समितीका पदाधिकारीका साथै इटहरीको बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थितीमा १ सय ८० जना महिला तथा किशोरीहरुलाइ जनही एक महिनाका लागि पुग्ने प्याड बितरण गरिएको बताइएको छ ।
सामाजिक क्षेत्रमा सक्रियए किकृत कल्याण फाउन्डेसनले यसअघि आखा शिबिर, बृक्षारोषण, इटहरी रन, लगायत बिभिन्न जनचेतना मूलक कार्यक्रम आयोजना गरिसकेको जनाएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved