• कार्तिक १५, २०७८
  • जुनकिरी खबर

प्रदेश १ : मुख्यमन्त्रीमा नेकपा (एस)का राजेन्द्र राईको दाबी

alt

प्रदेश १ मा गठबन्धन दलका सांसद्‍हरूले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका छन् ।

सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसद्‍हरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गरेको पत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै भोलि मंगलबार २ बजेका लागि शपथ ग्रहणको समय समेत तय गरिसकेका छन् ।

यसअघि एमालेका सांसद् भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले सोमबार नै नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एकल बहुमत रहेको एमालेका ५१ सदस्यमध्ये १० जना प्रदेश सांसद एकीकृत समाजवादीमा गएपछि एमाले ४१ जनामा खुम्चिएको थियो । त्यसपछि आचार्य अल्पमतमा परेका थिए । नेकपा (एस) लाई कांग्रेससहित ५० सांसद्को समर्थन छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]