• कार्तिक २०, २०७८
  • जुनकिरी खबर

भ्वाइस अफ चिल्ड्रेनमा सामूहिक भाई टिका

alt

अभिभावक  गुमायर होस या परिवारबाट बेपत्ता भएकाहरूका लागी चाडपर्वको दिन कालो दिन हुने गर्दछ । हरेक बालबालिकाहरू आफ्ना अभिभावकहरूसँग चाडपर्व मनाउनु उत्सुक हुन्छन तर त्यो सपना भने सबैको पुरा हुदैन । यसरी अभिभावक नभएका सडक बालबालिकाहरूका लागी सुनसरीको इटहरीमा सामूहिक रुपमा तिहारको टिका लगाइएको छ ।

६ नम्बर वडा वाल सञ्जाल, इन्ट्राक्क क्लब अफ पिसिजोन, पेरीस वाल क्लबको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम खेली त्यहाँ संकलन भएको रमकबाट इटहरीको बालग्राममा रहेको भ्वाइस अफ चिल्ड्रेनमा रहेका बालबालिकाहरूलाई टिका लगाइएको हो । 

मुख्यतया बालबालिकाहरूले चाडपर्वमा आफ्ना अभिभावकको बढि सम्झना गर्ने गर्दछन् यसरी अभिभावकको सम्झना र मानसिक तनावबाट मुक्त गराउन हरेक वष भ्वाइस अफ चिल्ड्रेनमा टिका लगायतका खेलकुद कार्यक्रमहरू गर्ने गरेको विगत ७ वर्षबाट भ्वाइस अफ चिल्ड्रेनमा कार्यरत प्रकास परियार बताउनु हुन्छ । 

हाल यस संस्थामा रहेका १५ जना भन्दा माथिले भाइटीका लगाएका छन् । खाने परिकार देखि नाचगान सम्म गर्दै खुसी समेत साटासाट गरेका हुन् । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]