• कार्तिक २१, २०७८
  • जुनकिरी खबर

प्रदेश १ : पर्यटक आगमन ६० प्रतिशत घट्यो

alt

गत आर्थिक वर्षमा प्रदेश १ मा पर्यटक आगमन करिब ६० प्रतिशतले घटेको राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंक विराटनगर कार्यालयले गरेको गत आर्थिक वर्षको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले उक्त तथ्य औंल्याएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पर्यटक आगमन १८.१ प्रतिशतले घटेको थियो ।

‘गत आर्थिक वर्षमा प्रदेश १ मा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या ९२.४ प्रतिशतले घटेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १८.६ प्रतिशतले घटेको थियो ।’

लगानी, सुविधा र सेवाको स्तरका आधारमा राष्ट्र बैंकले यो प्रदेशका ५ वटा पर्यटकस्तरीय होटल छनोट गरिएको थियो । अध्ययनमा होटेलहरूमा रीय होटेल (होटल होलिडे होम झापा), ह्यारिसन होटल विराटनगर), बिग होटल विराटनगर), होराइजन रिसोर्ट हिले) र रत्ना होटल विराटनगर) छन् ।

नमूनामा परेका होटेलबाट प्राप्त विवरण तथा तथ्यांक अनुसार कोभिड – १९ को महामारीबाट अति प्रभावित क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्र प्रदेश नं. १ मा बन्दाबन्दी तथा निशेधाज्ञा खुकुलो भएसँगै केही सुधारोन्मुख अवस्थामा देखिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]