• जेठ २६, २०७६
  • जुनकिरी खबर

३० थान पत्रकारलाई ल्यापटप वितरण

alt

काठमाडौं । तल्लो तहका सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ ।

केही दिनअघि एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक/एक थान ल्यापटप बाँडिएको हो ।

मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । उक्त ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ ।

नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले स्थानीय पत्रकार प्रवर्द्धन कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]