• कार्तिक २६, २०७८
  • जुनकिरी खबर

बीपी प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारी हटाउन सिफारिस

alt

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसम्बन्धी छानबिन समितिले वहालवाला उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्राध्यापक डा गुरु खनाल र अस्पताल निर्देशक प्रा डा गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउँदै बर्खास्त गर्न सिफारिस गरेको हो । तीन महिना अघि नै राजीनामा दिइसकेका रजिष्ट्रार प्राध्यापक डा मोहनचन्द्र रेग्मीको पालामा भएका खरिदलगायतमा पनि थप छानबिन गरी कारबाही गर्न सिफारिस गरिएको छ ।

छानबिन समितिका संयोजक सहकुलपति एवं स्वास्थ्यमन्त्री विरोध खतिवडा, स्वास्थ्य सचिव डा.रोशन पोख्रेल र सिनेट सदस्य समेत रहेका धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रधानमन्त्री देउवालाई शुक्रबार प्रतिवेदन बुझाएका हुन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]