• कार्तिक ३०, २०७८
  • जुनकिरी खबर

सुनसरीबाट चन्द समूहका २१ कार्यकर्ता पक्राउ

alt

सुनसरीको इटहरी उपमहानगरमा यातायात र बजार बन्द गराउँदै हिँड्ने नेत्रविक्रम चन्द समूहका २१ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहानैदेखि बजार र यातायात बन्द गराउँदै हिँडेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बजारमा यातायात पसल बन्द गराउँदै हिँडेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरू सबैलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । प्रजिअ यादवले भने, ‘पक्राउ परेकाहरू कार्यकर्ता र विद्यार्थीजस्ता देखिएका छन् । उनीहरूलाई साँझ ५ बजेपछि छाडिने सम्भावना छ ।'

सरकारले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने भन्दै चन्द नेतृत्वको माओवादीले नेपाल बन्दको आह्वान गरेको थियो । मंगलबार बिहानैदेखि पूर्वका धरान, इटहरी, इनरुवा, बिर्तामोड, दमक, विराटनगर लगायत बजार प्रभावित बनेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]