• कार्तिक ३०, २०७८
  • जुनकिरी खबर

एमाले अनुपस्थित भएपछि प्रदेशसभा स्थगित

alt

मंगलबार बसेको प्रदेश १ सभाको बैठक बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाको बैठक सुरू हुनासाथ सभामुख प्रदीपकुमार भण्डारीले कार्यसूचीमा प्रवेशै नगरी प्रमुख प्रतिपक्षी दल अनुपस्थित भएको भन्दै भोलि बुधबार बिहान ११:३० बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।

प्रमुख प्रतिपक्षी एमालेले बन्दका कारण प्रदेश सांसदहरू उपस्थित हुन नसकेकाले सदन स्थगितका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

मुख्यमन्त्री राजेन्द्र राईले मंगलबारको संसद्‍मा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र निर्णयार्थ प्रस्तुत हुने कार्यसूची थियो । यसका लागि विभिन्न स्थानबाट आएका गठबन्धन दलका सांसद्‍हरू अघिल्लो रातिदेखि नै होटलमा बसेर विश्वासको मत दिनेबारे छलफल गरिरहेका थिए ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]