• मंसिर २, २०७८
  • जुनकिरी खबर

इटहरीमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान हुने

alt

इटहरी उपमहानगरपालिकामा लैगिंक हिंसा  विरुद्धको १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने भएको छ ।  

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

उनका अनुसार १० डिसेम्बर विश्व मानवअधिकार दिवसका दिन लैगिक हिंसा विरुद्ध इटहरी सम्मेलन गरिनेछ । इटहरीमा विगत तीन वर्ष देखि १६ दिने अभियानको अन्तिम दिन लैगिंक हिंसा विरुद्धको इटहरी सम्मेलन गरिँदै आएको छ ।

सम्मेलनमा वर्ष दिन भरि सञ्चालन गरिएको अभियानको समीक्षा गरेर नयाँ कार्यक्रम पारित गरिने छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम,इटहरी महिला सञ्जाल, वाल सञ्जाल, अपाङ्ग सञ्जाल, माइती नेपाल, भ्वाइस अफ चिल्ड्रेन, इलाका प्रहरी कार्यालय इटहरी,माया घर लगायतका सामाजिक क्षेत्रमा क्रियाशील सङ्घ संस्था का प्रतिनिधिहरुको सहभागितामा भएको बैठकले १६ दिने अभियानका विभिन्न कार्यक्रम तय गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]