• मंसिर ५, २०७८
  • जुनकिरी खबर

काँग्रेस महाधिवेशन : सुनसरी २ (क) मा सुवेक्छु देवानको प्यानलै विजयी

alt

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) मा सुवेक्छु देवान विजयी भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा धनबहादुर पुरिलाई पराजित गर्दै देवान विजयी भएका हुन् ।

३११ क्षेत्रीय प्रतिनिधि मध्ये ३१० जनाले मतदान गरेका थिए । त्यसमध्ये देवानको पक्षमा १६५ मत र पुरीको पक्षमा १४१ मत खसेको छ भने ४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै उपसभापतिमा घनश्याम खड्का र सरिता आङ्दाम्बे विजयी भएका छन् । सचिवमा संस्थापन प्यानलका चिन्तामणि सापकोटा र इतर प्यानलका महेश चौधरी विजयी भए भने सहसचिवमा कर्ण बहादुर बुढाथोकी र सुभद्रा राई विजयी भएका छन्।

इटहरीका सक्रिय पत्रकार पुरी र सामाजिक अभियान मार्फत राजनीतिमा उदाएका देवानको प्रतिस्पर्धालाई निक्कै रोचक रूपमा हेरिएको थियो । संस्थापन पक्षका देवान नेबिसङ्घ सुनसरी उपसभापति समेत हुन । यसअघि इटहरी उपमहानगर समितिको निर्वाचनमा हार बेहोरेको संस्थापन प्यानललाई देवानको जितले ढाडस दिएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]