• मंसिर ९, २०७८
  • जुनकिरी खबर

इटहरीबाट मोटरसाइकल चाेरी गरि लादै गर्दा पक्राउ

alt

इटहरीमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ घर भई इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्दै आएका २४ वर्षीय समिर परियार र इटहरी ३ तालतलैयाका १९ वर्षीय राजेश खडका रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयका अनुसार इटहरी ५ का राजेन्द्र प्रसाद ढुङ्गानाको आफ्नै घरमा पार्किङ गरी राखेको  बा ९४ प ९९२६ नम्बरको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा  विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाट नटीकैबाट इलाका प्रहरी कार्यालय रानीले मोटरसाइकलसहित परियारलाई पक्राउ गरेको थियो ।

मोटरसाइकल सहित पक्राउ गरिएका परियारमाथि प्रारम्भिक अनुसन्धान गर्दा खडका चोरी कार्यमा संलग्न भएको खुल्न आएको कार्यालयले जनाउको छ ।  पक्राउ गरिएका दुबै जना उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जिल्ला अदालत सुनसरीबाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]