• मंसिर ११, २०७८
  • जुनकिरी खबर

नेकपा (एस) को इनरुवामा जिल्ला कार्यालय सञ्चालन

alt

 नेकपा एकीकृत समाजवादी सुनसरीले सदरमुकाम इनरुवामा जिल्ला पार्टी कार्यालय विधिवत् रूपमा सञ्चालनमा ल्याएको छ ।

इनरुवा ३ स्थित सखुवागाछी-मालपोत सडक खण्डमा रहेको ऋर्षीराम निरौलाको घर भाडामा लिएको नेकपा एसले शुक्रवारबाट औपचारिक कार्यक्रम गरी कार्यालय सञ्चालनमा ल्याएको हो ।

पार्टी कार्यालयको औपचारिक सुरुवात गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा सुनसरी सह–इन्चार्ज केशव तिम्सिनाले सुनसरी जिल्लामा पार्टी सङ्गठनको कामलाई व्यवस्थित बनाउनका लागि दैनिक कार्यालय सञ्चालन गरी सङ्गठन परिचालन गरिने बताए ।

केन्द्रीय सदस्य तिम्सिनाले सुनसरीका १२ वटै पालिका र सबै वडाहरूमा सङ्गठनका गतिविधि गर्दै जिल्लामा प्रत्येकको घरदैलोसम्म नेकपा एसका नेता कार्यकर्ताहरूको सम्बन्ध जोडिने अभियान भोलिबाटै सुरु हुने जानकारीसमेत गराए ।

नेकपा एसका सुनसरी अध्यक्ष गोविन्द निरौलाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयबाट राजनीतिक, साङ्गठनिक, प्रशासनिक गतिविधिहरू सञ्चालन गरी पार्टीको कामलाई अगाडी बढाउनका लागि नेता कार्यकर्ताहरू परिचालित हुने बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]