राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेर हद तोकेको छ । नयाँ व्यवस्था अनुसार ६५ वर्ष कटेका व्यक्ति सीईओ बन्न नपाउने भएका छन् । राष्ट्र बैंकले सोमबार परिपत्रमार्फत यस्तो व्यवस्था गरेको हो ।
‘६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी पदमा नियुक्त वा पुनः नियुक्त हुन पाउने छैन,’ निर्देशनमा भनिएको छ, ‘कोही नियुक्त भइसकेको भए चाहिँ ६९ वर्ष पछि प्रमुख कार्यकारीमा बहाल रहन सक्ने छैन।’
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved