गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ की निर्णायक एमव लोकप्रिय गायिका तृष्णा गुरुङको बिशेष सांगीतिक प्रस्तुती इटहरीमा आज शुक्रबार हुने भएको छ ।
होटल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा इटहरीस्थि लायन्स क्लबमा आज साँझ गुरुङको बिशेष प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
खनी हो यामुुबाट तृष्णा गुरुङले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् । लोक पप विधामा सक्रिय उनका गीतमा नेपालीपन झल्किन्छ । आफ्ना गीतमा नेपाली शब्द प्रयोग गर्न रुचाउँछिन् तृष्णा ७ वर्षे सांगीतिक यात्रामा तृष्णाले माया पिरतीु, गाइने दाजैु, साँझको बेलाु, माया मनभरीुजस्ता चर्चित गीत सार्वजनिक गरेकी छिन् ।
आयोजक समितिका अध्यक्ष उमेश दाहालले गायिका गुरुङलाई विशेष सम्मान समेत गर्ने भएको छ । यस्तै कार्यक्रममा गायिका दिपा लामाको पनि प्रस्तुती रहनेछ । साथमा रोयल डान्स सेन्टर धरानको समेत प्रस्तुती रहने दाहालले जानकारी दिए ।
कार्यक्रमबाट उठेको रकम इटहरीस्थित माया घर नेपाललाई सहयोग गरिने जनाइएको छ ।
कार्यक्रमलाई इटहरी फुटबल एकेडेमी र जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले सह आयोजन गरेको छ । सांगीतिक साँझलाई टुर्बाेग बियर, रेड ब्लु र प्रिन्सेस वाइनले प्रायोजन गरेको छ ।
कार्यक्रम ठिक ५.३० बाट सुरु हुनेछ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved