• मंसिर २४, २०७८
  • जुनकिरी खबर

प्रदेश १ को नामकरण पहिचानको आधारमा हुने मुख्यमन्त्रीको संकेत

alt

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण पहिचानको आधारमा हुने धारणा व्यक्त गरेका छन् । उनले यो प्रदेशमा किरातीहरुको हक लाग्ने भन्दै प्रदेशको नाम किरातसँग सम्बन्धित हुने पनि संकेत गरे ।

किरात राई यायोक्खा जिल्ला कार्यासमिति सुनसरीको ९ औं अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार धरानमा सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले भाषा, साँस्कृति, जातिको उपस्थितिलाई लिएर नै नाम राख्ने चलन भएको उल्लेख गर्दै प्रदेश नं १ मा आदिमकालदेखि सबैभन्दा पहिला बसोबास गर्ने र सभ्यताको शुरुवात गर्ने भएकोले किरातीहरुको हकदाबी लाग्ने पनि बताए ।

उनले मानव सभ्यताहरु नदी किनारबाट नै शुरुवात भएपनि नदीले शुरुवात गरेको नभै मानिसहरुले नै शुरुवात गरेको धारणा राखे । उनले कोशी नामकरण र कोशी सभ्यताबारे टिप्पण्ी गर्दै त्यो सभ्यताको शुरुवात पनि मानिसहरुले नै गरेको र त्यहाँका सबभन्दा पुराना मानिसहरु किराती भएको बताए । ‘किरात सबभन्दा पुरानो हो, किरात सभ्यता समृद्ध छ, शिष्ट र सँस्कारयुक्त सभ्यता छ,’उनले भने ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]