• मंसिर २६, २०७८
  • जुनकिरी खबर

धरानमा बाल विवाह विरुद्ध जनचेतना मूलक नाटक आयोजना 

alt

लैगिंक हिँसा विरुद्को १६ दिने अभियान अन्तर्गत “विवाह बारी २० वर्ष पारी, बालविवाह अन्त्य गर्ने हामी सबैको जिम्मेबारी” भन्ने मूल नाराका साथ सन्देश मूलक सडक नाटक सम्पन्न भएको छ । प्लान इटरनेश्नल नेपाल,  सि.एस.डि.सि को साझेदारी र धरान उपमहानगरपालिका सँगको सहकार्यमा उत नाटक श्री भालढुगां मा.वी, धरान २० मा प्रदर्शन गरिएको हो । 

नेतृत्व र निर्णय परियोजना अन्तर्गत परिर्वतनका सम्बांहक कक्षाका श्री सरस्वती मा. वी, धरान ६ र ज्वालामुखी मा. वी धरान १७ का १५ जना सहभागीहरुले उतm नाटक प्रदर्शन गरेका हुन् । नाटकमा बालविवाहको असरहरु र किशोरी अवस्थामै गर्ववती हुँदा प्रजनन स्वास्थ्यमा आउने समस्याले ज्यान समेत जान सक्ने जोखीमलाई दर्शाएको थियो । 

बाल विवाहलाई कसरी हातेमालो गरेर अन्त्य गर्न सकिन्छ भन्नेवारे विशेषतः जोड दिएको सहभागि सविता पुरीले जानकारी दिइन् । उनका अनुसार सामाजिक संजालको दुरुपयोगले किशोर किशोरीको जीवनमा पार्ने नकारात्मक असर आदि विषयवस्तुलाई नाटक मार्फत जनचेतना दिन खोजिएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]