• पुस ९, २०७८
  • जुनकिरी खबर

नेपाल सेनाद्वारा चतराधाम गरयो सरसफाइ

alt

सुनसरीको चतरा धाममा नेपाली सेना कृष्ण दल गण इटहरीले सरसफाइ गरेको छ।

नेपाली सेनाको एनसिसि कार्यक्रमको चौथौँ वार्षिक उत्सव कार्यक्रम अवसरमा शुक्रवार वराहक्षेत्र नगरपालिकाको जगनाथ डेजराज जनता माध्यमिक विद्यालय र जीवन ज्योति इङ्लिस स्कुलमा एनसिसि तालिम सहभागी बिद्यार्थीहरुले सरसफाइ गरेको नेपाली सेना कृष्ण गणका गणपति अर्जुन दुलालले बताए।

स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कार समाज हाम्रो अभियान, यौन हिंसा सदाको लागि अन्त्य गरौँ, छोरीको संस्कार र शिक्षामा जोड गरौँ, दाइ प्रथाको अन्त्य गरौँ जस्ता नारा दिएर एनसिसि तालिम सहभागी बिद्यार्थीहरुले चतरा बजारमा मार्चपास समेत गरेका थिए।

किशोर तथा किशोरीहरूलाई राष्ट्र भाव र संस्कारी बनाउन एनसिसि तालिम आयोजना गरेको र यसले बिद्यार्थीहरुलाई अनुशासित बनाउने नेपाली सेना कृष्ण गणका गणपति अर्जुन दुलालले बताए। हाल वराहक्षेत्र नगरपालिका वडा नं ५ मा रहेको जगनाथ डेजराज जनता माध्यमिक विद्यालयमा १८ जना छात्र र १८ जना छात्रा तथा जीवन ज्योति इङ्लिस स्कुलमा १८ जना छात्र र १८ जना छात्रालाई सेनाले एनसिसि तालिममा सहभागी रहेका छन्।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]