• पुस ९, २०७८
  • जुनकिरी खबर

ट्रकको ठक्करबाट बृद्धाको मृत्यु भएपछि ३ घण्टा इटहरीमा सडक जाम

alt

इटहरी ४ हलगडा गोर्खा बेकरी अगाडीको इटहरी धरान सडक खण्डमा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएपछि केही घण्टा सडक अबरुद्ध भएको छ । स्थानीय ६५ बर्षीया देवी खड्कालाई ट्रक चालकले ब्याक सारेर हत्या गरेको भन्दै स्थानीयले ३ घण्टा सडक जाम गरेका थिए ।

पछाडी सारेर बृद्धाको ज्यान लिने चालकलाई जन्मकैदको फैसला नभएसम्म सडक नखोल्ने भन्दै सडक जाम गरिएको थियो। कुखुराका चल्ला र चारो बेकेर घर तर्फ आइरहेका बेला बिहान १० बजेर ५५ मिनेटमा प्रदेश १–०२ (००१ ख नम्बरको ट्रकले ठक्कर दिएको र उपचारका क्रममा मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ ।

सडक आन्दोलनमा उत्रिएका स्थानीय तथा इटहरी ४ स्थित गंगालाल टोल विकास संस्थाका अध्यक्ष रत्न कार्कीका अनुसार ट्रकले मृत्क बृद्धाले बोकेको चल्ला र चारोको झोलालाई ठक्कर दिएपछि सडक लडेकी थिइन् । बाँच्ने ठाँउ हुँदा हुँदै ट्रक चालकले पछाडी सारेर पेल्ने काम गरेको कार्कीले जानकारी दिएका छन् ।

यता प्रहरीले चालकलाई हदै सम्मको कानूनी कारबाही गरिने अडान दिएपछि सडक सुचारु भएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]