• पुस २४, २०७८
  • जुनकिरी खबर

राष्ट्रिय एकता दिवस इटहरीमा भव्य मनाइने

alt

पृथ्वी नायारण शाहको ३०० औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा भब्यताका साथ मनाइने भएको छ । विगतका वर्षहरुमा झैँ यस वर्ष पनि पौष २७ गते इटहरमिा नेपाल एकिकरणका नायक, राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती धुमधामका साथ मनाउने तयारी गरिएको राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मुल समारोह समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

मुल समारोह समितिका अनुसार जयन्ती तथा एकता दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । यस वर्ष ३०० औं पृथ्वी जयन्ती परेकाले विषेश कार्यक्रमको आयोजना गरिएको मुल समारोहका संयोजक सन्त बहादुर डुम्जनले जानकारी दिनुभयो ।

यस वर्ष पनि पृथ्वी नारायण शाहको स्वरुप बनाएर सूर्य निरौलालाई घोडसवार गराएर झाँकी प्रदर्शन सहित बजार परिक्रमा गरिने बताउदै राष्ट्र निर्माता शाहको जन्मदिनलाई भव्यताका साथ मनाउन सम्पूर्ण देशवासीलाई समेत पत्रकार सम्मेलनमा आग्रह गरिएको छ ।

जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विगतमा झैँ यस वर्षपनि उक्त दिन इटहरीका विद्यालयहरु विदा रहने छ । यस वर्ष समितिले जयन्ती तथा दिवसका अवसरमा वक्तित्वकला प्रतियोगीताको आयोजना पनि गरेको छ । पत्रकार सम्मेलनमा मुल समारोहका सचिव प्रदिप कुमार रेग्मी, कमलेश शर्मा पौडेल, श्री प्रसाद पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]