इटहरी वितरक संघले आफनो ११ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपाल वितरक संघ केन्द्रिय महासंघका पूर्व अध्यक्ष डम्बर बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बितरक संघका केन्द्रिय उपाध्यक्ष टंक प्रसाद खनाल र उघोग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा वितरक संघका अध्यक्ष राजेश खनालले संस्थाले एक बर्ष भित्र गरेको उपलब्धी वाचन गर्नुभएको थियो । संस्थाले हालसम्म १२५ व्यवसायीहरु सदस्य बनाउन सफल भएको जानकारी दिनुभएको थियो । यस्तै अध्यक्ष खनालले आगामी एक बर्षमा गरिने कार्यक्रमहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
नो अबजेक्सन सर्टिपिकेट आधारणालाई कडाइका साथ लागू गदै जाने, सदस्य बितस्कारलाई बढाउने, व्यवसायीहरुलाई प्रमाण पत्र वितरणमा निरन्तर्ता दिइने लगायत अगामी कार्यक्रम अध्यक्ष खनालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा इटहरी वितरक संघका उपाध्यक्ष स्व हरि कान्त कार्णको असामायीक निधन प्रति श्रद्धान्जली अर्पण समेत गरिएको थियो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved