• पुस २७, २०७८
  • जुनकिरी खबर

इटहरीमा पनि पृथ्वीजयन्ती मनाइयो

alt

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्ती सुनसरीको इटहरीमा पनि नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती समारोहको आयोजना गरी मनाइएको छ ।

नेपाल एकीकरणको ऐतिहासिक पाटोको स्मरण गर्दै वि.सं. २०६९ साल देखि हरेक वर्ष इटहरीमा पौष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वी जयन्ती मनाउदै आए बमोजिम यस वर्ष पनि औपचारिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

समारोह संयोजक सन्त डुम्जनको अध्यक्षता तथा प्रा.डा.राजाराम सुवेदीे प्रमुख वक्ताका रुपमा आयोजना गरिएको कार्यक्रममा प्रमुख वक्ता सुवेदी लगायतले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको भुमिकाका विषयमा चर्चा गरेका थिए । कार्यक्रमका वक्ताहरुले नेपाल एकीकरण कर्ता पृथ्वी नारायण शाह नेपालीले विर्सन नहुने राष्ट्रिय विभुति रहेकोमा समेत जोड दिएका थिए ।

समारोह अघि राष्ट्रनिमार्ता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा इटहरीको मुख्य चौक क्षेत्रमा र्याली निकालीएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]