• माघ ५, २०७८
  • जुनकिरी खबर

प्रदेश १ का १३ जिल्लामा बुस्टर डोज खोप प्रभावित

alt

प्रदेश १ मा कोभिड–१९ लक्षित बुस्टर मात्रा खोप कार्यक्रम प्रभावित बनेको छ। खोप मौजादको अवस्थाको विश्लेषण नै नगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हचुवाकोभरमा निर्णय गर्दा खोप कार्यक्रम प्रभावित बनेको हो।
    
मन्त्रीको निर्णयसँगै खोप लगाउन पुगेका सर्वसाधरण स्वास्थ्य संस्थाबाट त्यसै फर्किएका छन्। खोप नै नलगाई फर्किनु परेपछि कतिपय ठाउँमा सर्वसाधरणले आक्रोश नै पोखेका छन्। सर्वसाधरणको आक्रोश बढ्न थालेपछि प्रदेश १ को सुनसरी जिल्ला स्वास्थ्य कार्यालयले वुस्टर डोजको लागि खोप प्राप्त भएपछि सार्वजानिक सूचना दिईने छ भन्दै सामाजिक संजालबाट जानकारी दिएको छ। 

प्रदेश १ का स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत उदेश श्रेष्ठले प्रदेश १ का १४ जिल्ला मध्ये उदयपुरमा मात्र बुस्टर मात्राको खोप लगाउन ४ गतेबाट लगाउन सुरु गरिएको बताए। बाँकी १३ जिल्लामा बुस्टर डोज उपलब्ध नभएपछि जोनसोन र भेरोसिलको दोस्रो खोप लगाउन सुरु गरिएको उनले बताए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]