• माघ ९, २०७८
  • जुनकिरी खबर

तरकारी खेती गर्ने कृषकलाई प्लास्टिक वितरण

alt

इटहरी उपमहानगरपालिकाले व्यवसायिक कृषि खेती गर्ने इटहरीका कृषकहरूलाई प्लास्टिक टनेल र प्लास्टिक वितरण गरेको छ । 

इटहरी उपमहानगरको कृषि विकास शाखाले इटहरीका बिभिन्न वडामा तरकारी खेती गर्ने ७१ जना कृषकलाई प्लास्टिक टनेल र ८३ जनालाई मल्चीङ छानो हाल्ने प्लास्टिक वितरण गरिएको । गत कार्तिकमा आएको बेमौसमी वर्षाका कारण तरकारी खेती गर्ने कृषकलाई पुराएको क्षतिको राहत स्वरुप उपमहानगरले कृषि सामाग्री वितरण गरिएको जनाइएको छ ।

साथै सित लहरका कारण तरकारी खेतीमा पुराउने समस्यालाई समेत निराकरण गर्न कृषकहरूलाई प्लाष्टिक वितरण गरिएको इटहरी उपमहानगरको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिनुभयो ।

कृषि विकास शाखाले इटहरी उपमहानगर क्षेत्रका तरकारी खेती गर्ने कृषकहरूलाई निशुल्क बिउ, अनुदानदेखि तालिम सम्मको सुविधा दिदै आएको जनाएको छ । विशेष गरि उपमहानगरले ५ वटा वडामा करेशा खेती गर्ने कृषकहरुलाई प्रोत्साहन गर्न थप बिभिन्न कार्यक्रम समेत ल्याउने तयारी गरेको छ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]