• माघ १२, २०७८
  • जुनकिरी खबर

सुनसरीमा अहिले सम्म ३० हजार ९ सय ८५ जनामा कोरोना सङ्क्रमण

alt

सुनसरीमा अहिले सम्म ३० हजार ९ सय ८५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

पहिलो, दोस्रो र तेस्रो लहरको मंगलबार सम्मको तथ्याङ्क अनुसार सुनसरी जिल्लाको १२ पालिका मध्ये सबै भन्दा धेरै धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमित रहेका छन् ।

अहिले सम्म धरानमा ११ हजार ८ सय ९९ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये धरानमा मात्रै अहिले सम्म २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दोस्रो धेरै सङ्क्रमित हुने पालिकामा इटहरी उपमहानगरपालिका रहेको छ । इटहरी उपमहानगरपालिकामा अहिले सम्म ११ हजार ६ सय ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । इटहरीमा १६० जनाको मृत्यु भएको छ ।

यसै गरी इनरुवा नगरपालिकामा १९१८ जनामा सङ्क्रमित मध्ये ४२ जनाको मृत्यु, वराहक्षेत्रमा १३१३ जनामा सङ्क्रमण ४३ जनाको मृत्यु, रामधुनीमा १०१७ जनामा सङ्क्रमण, २४ जनाको मृत्यु भएको छ ।

यसै गरी दुहबीमा ९८० जनामा सङ्क्रमण, २३ जनाको मृत्यु, बर्जूमा ४३२ जनामा सङ्क्रमण, ५ जनाको मृत्यु, देवानगञ्जमा ३५१ जनामा सङ्क्रमण, ४ जनाको मृत्यु, गढीमा ३०० जनामा सङ्क्रमण, १० जनाको मृत्यु, भोक्राहामा २२३ जनामा सङ्क्रमण, ७ जनाको मृत्यु, हरीनगरमा २०३ जनामा सङ्क्रमण, ४ जनाको मृत्यु र कोशी गाउँपालिकामा २३१ जनामा सङ्क्रमण, ७ जनाको मृत्यु भएको छ ।

अहिले सम्म सुनसरी जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५४ पुगेको छ भने २८ हजार ६ सय ८३ जना निको भएका छन् । अहिले सुनसरीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २२९५ रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]