• माघ १३, २०७८
  • जुनकिरी खबर

झुम्का जेसिजद्धारा कोभिड सचेतना तथा मास्क वितरण

alt

झुम्का जेसीज र झुम्का जुनीयर जेसीजको संयुक्त आयोजनामा २०७८ माघ १२ गते कोभिड १९ सम्बन्धि सचेतना तथा सर्वसाधारणलाई मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । 

हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, सचेतना अपनाई हटाऔ माहामारी भन्ने सन्देश सहित बुधबार विहान ८ बजे देखि ११ बजे सम्म रामधुनी नगर हाटबजार परिक्रमा सहित सडकमा मास्क नलगाई हिड्ने ७ सय भन्दा बढि पैदल यात्रु, साईकल सवारी, मोटर साईकल सवारी लगायतका सर्वसाधारणलाई मास्क प्रयोग गर्नुको महत्व बुझाउदै मास्क वितरण गरेका थिए । 

ईलाका प्रहरी पकलि अन्तर्गत समुदाय प्रहरी अभियान टोली समेतका सुरक्षाकर्मीहरुको उपस्थितीमा जेसिजका स्वयंसेवी युवा युवतिहरुले कोभिड सुरक्षा सावधानी अपनाई सचेतना कार्यक्रम संचालन गरेका हुन । 

कोभिडको तेश्रो चरण लहरको प्रभाव छोटो समयमा नै बढदै जादा स्थानीय रुपमा सक्रिय युवाहरुमार्फत सचेतना विस्तार गर्ने र जनमानसमा स्वास्थ्य सुरक्षा प्रवद्र्धन गर्न प्रोत्साहन पुरयाउने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको झुम्का जुनियर जेसिजका अध्यक्ष मिलेनियम निरौला ले बताएका छन् । 

बिशेषगरि विहानी र साझको समयमा रामधुनी नगर र आसपासका क्षेत्र बाट दैनिक ज्यालादारीमा नजिकैका सहर सम्म पुग्ने स्थानीयहरु र यात्रुहरुले मास्कको प्रयोग गर्न नसकेको देखिएकोले स्वयसेवी रुपमा झुम्का जेसिजले आजको सचेतना कार्यक्रम संचालन गरीएको झुम्का जेसिजका अध्यक्ष द्धारिका घिमिरे (सुवोध)ले बताएका छन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]