• माघ १८, २०७८
  • जुनकिरी खबर

यसरी विभाजन गरियो प्रदेश १ सरकारका १२ मन्त्रालय

alt

प्रदेश १ सरकारले गठबन्धन दलहरुलाई भागबन्डा पुर्याउन र कामको आवश्यकता भन्दै साविकका चार मन्त्रालय विभाजन गरेर ९ मन्त्रालय बनाएको छ । यसअघि कायम रहेका तीन मन्त्रालय भने यथावत रहेका छन् । मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाएको भएपनि सरकारले त्यसबारे औपचारिक जानकारी दिएको छैन । तर, त्यहि अनुसार अबको केहि दिनभित्रै मन्त्रिपरिषद विस्तारको तयारी गठबन्धनभित्र भइरहेको स्रोतले जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनबारे प्रारम्भिक छलफल भएको बताउँदै यसमा थप हेरफेर हुनसक्ने बताएका छन् ।

अब कायम भएका मन्त्रालय
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आर्थिक मामिला तथा योजना मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५) खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६) सामाजिक विकास मन्त्रालय
७) स्वास्थ्य मन्त्रालय
८) उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९) वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय
१०) संस्कृति तथा पर्यटन मन्त्रालय
११) कृषि तथा पशुपक्षी विकास मन्त्रालय
१२) भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय

यसअघि कायम रहेका मन्त्रालय
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आर्थिक मामिला तथा योजना मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) सामाजिक विकास मन्त्रालय
६) कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]